एकै दिनमा २५ प्रतिशत अभियुक्त पक्राउ

असल शासन प्रतिनिधि

रुकुम पूर्व, असोज ७ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले फैसला कार्यान्वयनको क्रममा एकै दिनमा २५ प्रतिशत अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार मात्रै विभिन्न मुद्धाका १२ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेर अदालत पठाईएको जनाएको छ ।

‘अदालतले सजाय तोकी फरार रहेका अभियुक्तहरु मध्ये २५ प्रतिशत अभियुक्त लाई आजै अदालत बुझायौ’ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले भन्नुभयो, ‘पक्राउ परेका अभियुक्त मध्ये चार जनालाई कैद र आठ जनालाई जरिवाना सजाय तोकिएको थियो ।’

पक्राउ पर्नेहरुमा जबरजस्ति करणी मुद्धाका तीनजना, जवरजस्ति करणी उद्योग मुद्दाको एकजना, कर्तव्य ज्यान मुद्दाको एकजना, चोरी मुद्दाको दुईजना रहेका छन् । त्यसैगरी सम्बन्ध बिच्छेद मुद्दाको तीन जना, घरेलु हिंसा मुद्दाको एकजना र करकाप मुद्दाको एकजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले बताउँनुभयो । गत भदौ महिनामा पनि अदालतद्धारा सजाय तोकिएका दुई जना (चार प्रतिशत) अभियुक्तलाई पक्राउ गरिएको थियो । दुई महिनामा मात्रै २९ प्रतिशत फरार अभियुक्तलाई पक्राउ गर्नुलाई प्रहरीले आफ्नो ठुलो सफलता उल्लेख गरेको छ ।

प्रहरीका अनुसार चोरी मुद्धामा सिस्ने गाउँपालिका ३ का कपेन्द्र केसि, जबरजस्ति करणी मुद्धाामा पुथाउत्तरगंगा गाउँपालिका ११ का रूबिन भन्ने रबिन्द्र बुढालाई पक्राउ गरेको छ भने भूमे गाउँपालिका ८ का धने कामीलाई कर्तव्य ज्यान मुद्धा र सिस्ने गाउँपालिका ३ का हुर्मत खड्कालाई चोरीको मुद्धामा पक्राउ गरिएको छ । यस्तै भूमे गाउँपालिका १ की जुनसरी गुरुङ, भूमे ९ की सुमित्रा पुन बुढा, ३ नम्बर वडाकी लायन बुढालाई सम्बन्ध विच्छेदको मुद्धामा पक्राउ गरिएको छ भने वडा नम्बर ९ की सिता रोकालाई करकापको मुद्धामा पक्राउ गरिएको प्रहरी निरीक्षक गुरुङले जनाउँनुभयो ।

यस्तै जवरजस्ति करणी मुद्धाका भूमे गाउँपालिका २ का नाम परिवर्तितहरु रुकुमकोट ५४ ङ, वडा नम्बर ८ का रुकुमकोट ५४ क, वडा नम्बर ४ का रुकुमकोट ५४ घ लाई पक्राउ गरिएको छ । यस्तै घरेलु हिंसाको मुद्धामा भूमे १ का टुगा राम्जालीमगर, लुटपिट मुद्धामा सिस्ने ६ का सन्दिप बुढाथोकी, सोही वडाका रुकुमकोट ५४ ज लाई पक्राउ गरिएको हो ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech