कोहलपुर नगरपालिका पुनः सिल

असल शासन प्रतिनिधि

कोहलपुर नगरपालिका पुनः सिल

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकामा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि नगरपालिकालाई सिल गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा आज बसेको बैठकले कोहलपुर नगरपालिका र मातहतका सबै वडाकार्यालयहरु कात्तिक ६ गते सम्मका लागि शील गर्ने निर्णय गरेको सूचना मार्फत नगरपालिकाले जानकारी गारएको छ । सूचनामा नगरपालिका कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत कार्यालयहरु यस अवधिमा बन्द गरिने जनाईएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्धारा हस्ताक्षरीत सूचनामा अत्यावश्यक सेवा बाहेक विषयगत शाखा उपशाखा र सम्पूर्ण वडा कार्यालयहरुबाट प्रवाह भईरहेका सेवाहरु कात्तिक ६ गते सम्मका लागि बन्द हुने जनाएको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • Nabintech