दिनेश कार्तिकले छाडे कोलकाताको कप्तानी

असल शासन प्रतिनिधि

दिनेश कार्तिकले कोलकत्ता किङ्ग्स राइडर्सको कप्तानी छाडेका छन् । इयान मोर्गान नयाँ कप्तान भएका छन् ।

साविक विजेता मुम्बई इण्डियन्ससँग खेल्नु केही घण्टा अगाडि कोलकत्ताले कप्तान परिर्वतन गरेको हो ।

युएईमा भइरहेको आईपीएलमा चार खेल जितेको कोलकाताले तीन खेल गुमाएको छ र अंक तालिकाको चौथो स्थानमा छ ।

सात खेलमा कार्तिक व्याटिङमा संघर्षरत छन् । मध्यक्रममा ब्याटिङ गर्ने उनले ७ खेलमा १०८ रन बनाएका छन्, जसमध्ये सबैभन्दा धेरै ५८ छ ।

कार्तिकलाई ब्याटिङमा केन्द्रित गराउन टिमको नेतृत्वमा परिवर्तन गरिएको फ्रेन्चाइज टिम कोलकाताले बताएको छ । टिमका प्रमुख कार्यकारीका अनुसार यो निर्णय कार्तिकको आफ्नो हो, जसबाट उनी समेत आश्चर्यमा परेका छन् ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech