प्रदेश सभा सांसद माननिय आईपी खरेलद्धारा परिवर्तन विमोचन

ईमान्दारिता पूर्बक काम गरेमा सुशासन कायम हुने भनाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/हरेक ब्यक्तिले आफु कार्यरत रहेको स्थानमा ईमान्दारिता पूर्बक काम गरेमा सुशासन कायम हुने प्रदेश सभा सांसद माननिय आईपी खरेलले बताएका छन् ।

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासका केन्द्रीय पदाधिकारी तथा कर्मचारीहरुको अनुभव संगालो परिवर्तन पुस्तककोे असोज ३० गते विमोचन गर्दै प्रदेश सभा सांसद माननिय खरेलले यस्तो बताएका हुन । पुस्तकमा सुशासनको क्षेत्रमा काम गर्दाका उपलब्धि, प्रभाव र अनुभव समाबेश गरिएका छन् । भ्रष्टाचार बिरुद्धको अभियानमा आफू निरन्तर लागि परेको उनले बताए । समाजमा भएका कुरीति बिरुद्ध लड्न र सामाजिक सेवा गर्न राजनिति गरिने भएपनि अहिलेको राजनिति स्वच्छ र समाज सेवा भन्दा स्वार्थ केन्द्रीत हुदा सुशासन बहालीमा समस्या देखिएको उनको भनाई थियो । बासले सुशासनको क्षेत्रमा निरन्तर काम गरिरहेकाले संस्थामा काम गरिरहेका युवाहरुको अुनभवले भावि पुस्ताका लागि मार्गदर्शन गर्ने बताए । प्रदेशको स्थानीय राजधानि र नामका सन्र्भमा बोल्दै खरेलले हरेक कुरालाई दृढताका साथ लिएर अगाडी बढेमा एक दिन अवस्य सफलता हासिल हुने बताए । भ्रष्टाचार बिरुद्धको अभियानमा पूर्ण साथ र सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

यसैगरी कार्यक्रमका अतिथि तथा आर्शिवाद पेन्टस प्रालि नेपालगन्जका प्रमुख किरण कार्कीले बासले सुशासन वहालीमा गरेका अभियान प्रशंसा योग्य भएको बताए । संस्थासँग आबद्ध पदाधिकारी तथा कर्मचारीहरुको अनुभव सहितको पुस्तक प्रकाशन नविन कार्य भएको उनको भनाई थियो ।

बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा प्रकाशित पुस्तक परिवर्तका बारेमा बासका कार्यकारी निर्देशक तथा पुस्तकका सम्पादक नमस्कार शाहले जानकारी दिएका थिए । बासका निर्वतमान अध्यक्ष मन भण्डारीले स्वागत गरेको कार्यक्रम बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको थियो । पुस्तकमा बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, सचिब खुमेस सुबेदी, कोषाध्यक्ष छवीलाल सुनार, बाग्मती प्रदेश संयोजक ईश्वर दाहाल, लुम्बीनि प्रदेश संयोजक राधिका गिरी, सदस्यहरु दिला शाह, मुना बिष्ट, लेखा अधिकृत अनिल थापा मगर, प्रशासन सहायक रुपा चौधरी, कार्यक्रम सहायक शुद्ध प्रसाद चौधरी, बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहरा, ईस्पाईरिङ्ग युथ कार्यक्रम संयोजक शोभा थापा मगर सहित २६ जनाको अनुभव समेटिएको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech