बास नेपालगन्ज उपशाखाको अध्यक्षमा ऋतिक

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालगन्ज उपशाखाको आज सम्पन्न प्रथम अधिबेशनबाट नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० का ऋतिक शाही अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपालगन्जमा सम्पन्न उपशाखाको अधिबेशनबाट उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमशः सुगम सोनी, सन्ध्या शर्मा, सुनिता अधिकारी र सुभाष नाउ लाई चयन गरेको छ । यसैगरी समितिको सदस्यमा क्रमशः मोनी गोडीया, दिलिप कुमार बर्मा, जितेन्द्र ठाकुर, हरिस कुमार नाउ, अन्जली कनौजिया, श्रृष्टी केसी, द्रोपति बिष्ट, नानीमाया जैसी, बसन्ती खड्का, ओजश्वी जोशी, मोहमद सलमान सल्मानी र देवा बहादुर क्षेत्री चयन भएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिब, र कोषाध्यक्ष बाहेकका पदहरु निर्विरोध चयन भएका थिए । मेजर चार पदका लागि भएको निर्वाचन पछि भएको मतगणना पश्चात बिजयी र निर्विरोध निर्वाचित समितिको घोषणा निर्वाचन अधिकृत हेमराज भट्टले गरेका थिए । अधिबेशनबाट बिजयी पदाधिकारीहरुलाई आज नै बासका केन्द्रीय महासचिब शिव कुमार बर्मा, निर्वाचन अधिकृत हेमराज भट्ट, केन्द्रीय सदस्य दिला शाह, बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहराले प्रमाण पत्र प्रदान गरेका छन् ।
यस अघि उपशाखाको प्रथम अधिबेशनको उद्घाटन सत्रमा बासको पृष्टभुमि, भ्रष्टाचार बिरुद्धको अभियान, सञ्जालीकरण लगायतका बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । बास नेपालगन्ज उपशाखाका अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिब कुमार बर्मा, सदस्य दिला शाह लगायतले शुभकामना मन्तब्य राखेका थिए । बास बाँके शाखाका उपाध्यक्ष मनमोहन बर्माले स्वागत गरेको उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन नेपालगन्ज उपशाखाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष शोभा थापा मगरले गरेका थिए । उद्घाटन कार्यक्रम संचालन बासका मुना बिष्टले गरेका थिए । अधिबेशनमा नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै ईकाईबाट प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech