नेपाल भारत सिमा जमुनाहामा हेल्प डेस्क

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपाल भारत सिमाको जमुनाहा नाकामा बास नेपालगन्जले नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।
आज स्थापना गरिएको हेल्प डेस्कको उद्घाटन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेको सहकार्यमा सञ्चालन गरिएको हेल्पडेस्कको लुम्विनी प्रदेशका प्रदेश सदस्य माननिय आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कोरोना कहरका बाबजुत बढिरहको नेपाल भारत आवत जावतलाई व्यवस्थापन गर्ने, आवत, जावत गर्ने नागरिकहरुलाई सहयोग गर्ने, सिमा नाकामा हुने समस्या तथा आम नागरिकहरुले पाईरहेको सास्तीका बिषयमा गुनासो संकलन गरि समाधानका लागि पहल गर्ने उद्धेश्यले सो हेल्पडेस्क सञ्चालन गरिएको हो ।
हेल्पडेस्कको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माननिय आईपी खरेलले सिमा नाकामा हुने अब्यवस्थित भिडलाई ब्यवस्थापन गर्ने सन्दर्भमा नागरिक सहायता कक्ष प्रभावकारि हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणाले पर्वको समयमा सिमानाकामा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले उनीहरुलाई सहज ढंगमा आवत जावत गर्न हेल्पडस्कको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । सिमामा हेल्पडेस्क एक असल अभ्यास रहेको उनको भनाई थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्गले सिमामा आउने गुनासाहरुको हेल्पडेस्कबाट समाधान हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा लुम्विनी प्रदेशका प्रदेश सदस्य माननिय आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ्ग, प्रहरी प्रमुख ओम बहादुर राना, जमुनाहा प्रहरी चौकीका ईन्चार्ज बिष्णु गिरी, बासका कार्य वाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम सहायक शुद्ध प्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech