नरैनापुर गाँउपालिकामा हेल्पडेस्क सञ्चालन

गाँउपालिका अध्यक्ष ईस्तियाक अहमद शाहद्धारा हेल्पडेस्कको उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगन्ज  । बाँकेको नरैनापुर गाँउपालिकामा बासले नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गरेको छ ।
नरैनापुर गाँउपालिकामा आज एक कार्यक्रमका बिच नरैनापुर गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले नागरिक सहायतक कक्ष को आज उद्घाटन गरेका छन् । हेल्पडेस्क उद्घाटन कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शाहले हेल्पडेस्क सञ्चालन पश्चात गाँउपालिकाको सेवा प्रवाहमा थप सुधार र ब्यवस्थित हुने बताए । गाँउपालिकामा आउने सेवाग्राहीहरु ले छिटो छरीतो सेवा पाउने वातावरण हेल्पडेस्क मार्फत मिलाउन उनले बासलाई अनुरोध गरे । बासले विगतका बर्षहरु देखि नै गाँउपालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै हेल्पडेस्क कार्यक्रम गाँउपालिका कै सफल र प्रभावकारि कार्यक्रम बन्ने उनको विश्वास थियो ।
बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले उद्घाटन कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै गाँउपालिकाकाको सेवा प्रवाहमा हेल्पडेस्क सहजकर्ताले पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । उनले कार्यक्रमको उद्धेश्य माथि प्रकाश गरेका थिए । हेल्पडेस्क उद्घाटन कार्यक्रममा गाँउपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिजय यादब, शाखा अधिकृत मकबुल अहमद मुकेरी, बासका कार्यवाहक अध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, बासका निर्देशक हेमराज भट्ट, सहजकर्ता शोभा थापा मगर, सहजकर्ता शोभा थापा मगरको उपस्थिती रहेको थियो । बासका सहजकर्ता शोभा थापा मगरले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको धन्यबाद ज्ञापन सहित समापन बासका कार्य वाहक अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।
नरैनापुर गाँउपालिकाको सहयोगमा सञ्चालीत नागरिक सहायता कक्षको ब्यवस्थापन बासले गर्ने छ । बासले बाँकेको नेपालगन्ज उपमहानगरपालिका र वडाहरु, राप्ती सोनारी गाँउपालिका, डुडुवा गाँउपालिका, जिल्ला प्रशासन कार्यालय र भन्सार कार्यालयमा हेल्पडेस्क कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech