१२ सरकारी कार्यालयमा सेवाग्राही सन्तुष्ठि सर्बेक्षण शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेका १२ वटा सरकारी कार्यालयमा सेवाग्राही सन्तुष्टि सर्बेक्षण गर्न थालिएको छ ।
देश संघयितामा गई सकेपछि सार्वजनिक सेवा प्रबाह बारे आम नागरिकहरुको अभिमत संकलन गर्नका लागि सो सर्वेक्षण गर्न थालिएको हो ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासले एक्सनएड नेपालको सहकार्यमा सो सर्बेक्षण गर्न थालेको  छ । यसरी सर्वेक्षणका लागि छनौट गरिएका कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय बांके, जिल्ला प्रहरी कार्यालय बांके, आन्तरिक राजश्व कार्यालय बांके, नेपालगन्ज भन्सार कार्यालय, यातायात ब्यबस्था कार्यालय नेपालगन्ज, भेरी अस्पताल नेपालगञ्ज, मालपोत तथा भुमीसुधार कार्यालय बांके, नापी कार्यालय बांके, शिक्षा समन्वय ईकाई र बाणिज्य कार्यालय रहेका छन् ।
परिवर्तित अवस्थामा धेरै जिल्ला स्थित सरकारी कार्यालयहरु स्थानीय तहमा गएका छन्, तथापी केही कार्यालयहरु जिल्लामा छन्, उक्त कार्यालयबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्ठि बिबरण संकलन गरि सेवाग्राहीहरुको अभिमत बुझ्न सर्बेक्षण गर्न थालिएको बासले जनाएको छ ।
सार्वजनिक सेवा, सुबिधाका बारेमा नागरिकहरुको सन्तुष्टि सर्बेक्षण गर्ने, नागरिकको सन्तुष्टिका बारेमा अध्ययन गरि अध्ययन सार्बजनिक गर्ने, सेवाग्राहीहरुका गुनासा सेवाप्रदायक निकायसम्म पुर्याई पृष्ठपोषण दिने, सार्वजनिक सेवाको प्रभावकारिताका लागि सरोकारवालाहरुलाई प्रतिबद्ध बनाउने उद्धेश्यले गर्न थालिएको सर्बेक्षण बाँके स्थित बढि जनसरोकार राख्ने १२ वटा कार्यालयबाट सेवा लिने ५०० जना नागरिकहरु बिच गरिनेछ ।
६ जना युवा सर्बेक्षकहरुले सर्बेक्षण गरेर आउने नतिजालाई एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिनेछ । सार्वजनिक गरिएको तथ्यका बिषयमा छलफल गरि सार्वजनिक प्रतिबद्धता समेत जारी गरिनेछ । यो सर्वेक्षणको समय २०७७ कार्तिकमा शुरु भई २०७७ मंसिर सम्म रहनेछ ।
यस सर्बेक्षणमा युवाहरुको संलग्नता रहनुका साथै युवाहरुका लागि गरिएका प्रयासहरु बारे पनि अभिमत लिईनेछ भने युवा उमेरका सेवाग्राहीहरुको अभिमत समेत यस सर्बेक्षणबाट प्राप्त हुने अपेक्षा लिईएको छ ।
सर्बेक्षणमा संलग्न हुने सर्बेक्षकहरुलाई आज बास कार्यालयमा अभिमुखिकरण प्रदान गरिएको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सर्बेक्षणको उद्धेश्य, प्रकृया, अवधि, सर्बेक्षणमा प्रयोग गरिने प्रश्नावली लगायतका बिषयमा सहजिकरण गरेका थिए ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech