बास बार्षिक प्रतिवेदन प्रकाशन

असल शासन प्रतिनिधि

नेपालगन्ज । बासको बार्षिक प्रकाशन बास बार्षिक प्रतिबेदन प्रकाशन भएको छ । बासले आर्थिक बर्ष २०७६/०७७ मा गरेका गतिविधिहरु तथा महत्वपूर्ण उपलब्धीहरु समेटेर सो प्रतिबेदन प्रकाशन गरिएको हो । बास केन्द्रीय कार्यालयको प्रकाशन बास बार्षिक प्रतिबेदनको सम्पादन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका छन् भने प्रतिबेदनको सम्पादन सहयोगीको रुपमा बासका निर्देशक हेमराज भट्ट, श्रोत ब्यक्ति मन भण्डारी, हेल्पडेस्क संयोजक रबिन्द्र बोहरा र रमण वलीले भूमिका निर्वाह गरेका छन् । प्रकाशित प्रतिबेदनको कार्तिक ७ गते बिमोचन गरिएको छ । बासले संस्थाका बार्षिक गतिविधिहरु समेटेर बार्षिक प्रतिबेदन नियमित रुपमा प्रकाशन गर्दै आएको छ ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech