डेक नेपालको १३ औं साधारण सभा सम्पन्न

अपाँगता क्षेत्रमा डेकको योगदान प्रशंसनिय

असल शासन प्रतिनिधि

बाँके/अपाङ्ग सशक्तिकरण एवं सन्चार केन्द्र (डेक नेपाल) ले आफनो १३ औ साधारण सभा असोज २४ गते सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको गाभर पार्कमा साधारण सभा सम्पन्न भएकोे हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद आइपी खरेलले अपाङ्गताको क्षेत्रमा डेक नेपालले प्रशंसा योग्य काम गरेको बताए । आफु पनि अपाङ्गता भएका व्यक्तिहरुका लागी सधै सकारात्मक भएको भन्दै उनले राजनितिक आस्था वा पुर्वाग्रही ढङ्गले अपाङ्गता भएका व्यक्तीहरुलाई कसैले पनि हेर्न नहुने बताए । जुन सुकै आस्थाको भएपनि अपाङ्गता भएका व्यक्तीहरुलाई आफुले सधै सहयोग गरेको उनको भनाई छ ।

सकारात्मक कामका लागि डेक नेपाललाई सधै आफुले सहयोग गर्ने उनले बताए । कार्यक्रममा संबिधान सभा सदस्य देवराज भारले अपाङ्गता क्षेत्र संवेदनशिल क्षेत्र भएको बताए । धेरै चुनौतिहरुका बाबजुत पनि डेक नेपालले अपाङ्गताको क्षेत्रमा उल्लेखनिय काम गरेको भन्दै आगामी दिनका लागि शुभकामना दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र उनीहरु प्रतीको धारणामा परिर्वतन आउनु उपलब्धिमुलक भएको बताए ।

कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइरालाले अपाङ्गताको क्षेत्रलाइ सधै आफुले प्राथमिकतामा राख्ने बताए । जो कोहि जतीवेला पनि अपाङ्ग हुन सक्ने भन्दै उनले अपाङ्गता भएकाहरुलाई दया भन्दा अवसर दिनु पर्ने बताए । अपाङ्गता भएका व्यक्तीहरुले धेरै काम गरेर देखाएका छन भन्दै उनले त्यती काम जो कोही सामान्य व्यक्तीले गर्न नसक्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष तथा डेक नेपालका प्रेस सल्लाहकार नमस्कार शाहले बाँकेमा धेरै संस्थाहरु दर्ता भएपनि सिमित संस्थाहरुले मात्रै सक्रिय भएर काम गर्ने गरेको भन्दै सिमित संस्थामा डेक पनि पर्ने बताए । डेक नेपालले लामो समय देखि अपाङ्गताको क्षेत्रमाकाम गरेको भन्दै उनले अझै प्रगतीको शुभकामना दिए ।

डेक नेपालका कार्यकारी निर्देशक देबिदत्त आचार्यले धेरै मेहेनतको परिणाम स्वरुप डेक अहिलेको अवस्थामा आएको बताएका छन् । उनले भने अपाङ्गता भएका व्यक्तीहरु, सरकारी निकाय र राजनिति दल लगाएत सरोकारवालाहरुले डेकलाई विश्वास गर्नुहुन्छ यो पनि डेकको ठुलो उपलब्धी हो । विश्वास र मेहेनतले काम गर्न हौसला दिने भन्दै उनले आगामी दिनमा अपाङ्गताको क्षेत्रमाअझै सक्रिय भइ काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा डेक नेपालका प्रबन्धक जीवन गिरिले सम्पुर्ण परियोजनाहरुको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाहरुको उपलब्धीहरुका बारेमा जानकारी गराएका थिए ।

डेक नेपालका उपाध्यक्ष इन्द्र बहादुर थकालीको अध्यक्षतामा भएको साधारण सभामा नेकपा जिल्ला सदस्यहरु घननाथ खनाल, बिष्णुकान्तआचार्य, बैजनाथ गाउँपालिका वडा नं. ४ का अध्यक्ष काली बहादुर सिंह, डेक नेपालका संस्थापक सचिव टेकराज जैसी लगाएतले शुुभकामना मन्तव्य दिएका थिए ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech