कोरोना कहरले छेकेन मान्छेहरुको आस्था

कम्दि स्थित राप्ती नदि सिधनियघाटमा मुर्ती बिर्सजन

जनक थापा

बाँके/कोरोना कहरको जोखिमका बाबजुत आज बाँकेको कम्दि स्थित राप्ती नदि सिधनियघाटमा मुर्ती बिर्सजन गरिएको छ ।

नेपालगञ्ज लगायत आसपासका क्षेत्रहरुमा दशैंको बेला पुजा गर्न राखिएका मुर्तीहरु आज एकादशीका दिन राप्तीनदिमा सेलाउने परम्परा रहेको छ ।

सयौंको संख्यामा रहेका भक्तजनहरुले राप्तीनदिमा बिधिपूर्वक मुर्तीहरु सेलाएका थिए । प्रहरीले उच्च सर्तकता अपाउँदै व्यापक रुपमा ठाउँ, ठाउँमा शुरक्षाकर्मीहरु परिचालन गरेको थियो ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech