जून बद्लेर बजारमा

असल शासन प्रतिनिधि

काठमाण्डौं । नेपाली गायन क्षेत्रका चर्चीत गायक स्वरुपराज आचार्य र वाल गायिका समृद्धि तिमल्सिनाले जून बद्लेर बोलको गित सार्वजनिक गरेका छन् । मन विनाको धन गीतका रचनाकार बिराजको शब्द रहेको उक्त गितमा संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका छन् भने कुमार थापाको संगीत संयोजन रहेको छ । अकष्टिक नेपालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी छन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् । कंगारु क्रियसन्स प्रा.लिको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन रवि लामाले गरेका छन् ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech