बाघको आक्रमणबाट बर्दियामा दुईजनाको मृत्यु

असल शासन प्रतिनिधि

बर्दिया/बाघको आक्रमणमा परी मधुवन नगरपालिका वडा नं ३ बर्दियाका दुई जनाको मृत्यु भएको छ ।

घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

एक साताअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको तथा केही महिना पहिले एक बालकको मृत्यु भएको थियो ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech