बाँकेको डुडुवामा बिभत्स हत्या

बनकट्टिको तलाउमा बालकको शव फेला

असल शासन प्रतिनिधि

बाँके/बिजयादशमीको दिन सबै रमाईरहेरहेको बेला बाँकेको डुडुवा वडानम्वर ३ बनकटवा गाउँमा दुःखद घटना घटेको छ ।

कोरोना कहरका कारण सुखद रहन नसकेको यस बर्षको दशैं पर्ब बनकटवा गाउँको हरिजन परिवारका लागि दुःखद बनेको छ । जानकारी अनुसार, दशैंकै दिन स्थानीय बिश्राम हरिजनका १२ बर्षिया नाबालक छोरा सुनिल हरिजनको बिभत्स हत्या भएको छ ।

नेपालगञ्ज बसपार्क स्थित ब्रिटिस ईङ्गलिस मिडियम स्कुलमा कक्षा १ अध्ययनरत सुनिल डुडुवा वडानम्वर ३ बनकटवा गाउँमा रहेको घरमा दशैं मनाई बसेका थिए । गाउँ नजिकै रहेको शिब मन्दिरमा मुर्ती स्थापना गरिएको थियो भने सो दिन भण्डारा पनि लगाईएको थियो ।

साँझ पख तिर सोही भण्डारा लागेको स्थानमा बुवाले केही दिन अघि मात्र किनेको मोबाईल मागि फोटो खिचेर फर्किने भन्दै घरबाट निस्के । तुरुन्तै फर्किने भनेर गएको छोरा साढे ८ बजे सम्म नफर्के पछि उनलाई घर परिवारका सदस्यले फोन गर्दा शौच गरिरहेको जानकारी गराउँदै तुरुन्त फर्किने सुनिलले बताए । तर पनि उनी फर्केनन्, केही समय पछि उनको मोबाईल स्विच अफ भयो ।

मृतकका काका राम सागर हरिजनका अनुसार, उनको राती पनि खोजी भयो, खोज्दा नभेटिएपछि अन्य ठाउँमा पनि मुर्तीहरु स्थापना गरिएको थियो । सोही ठाउँहरु मध्ये कतै गएर साथीहरुसँग बसेको होला भनठानेर घर परिवारका सदस्य घर फर्किए ।

बिडम्वना पछिल्लो दिन बिहान डुडुवा गाउँपालिकाको भवन बनिरहेको बनकट्टि नजिक रहेको तलाउमा सिंगाडाको रेखदेख गर्ने एक स्थानीयले बालकको शव देखे । उनले स्थानीय लिखन्दार लोनियाँलाई भने, उनले वडाध्यक्ष भण्डारीलाल यादवलाई खवर गरे । उक्त खवर एक कान, दुई कान मैदान भयो ।

सो कुराको जानकारी हरिजन परिवारलाई पनि भयो । छोरा नभेट्टिएको पीडामा रहेका बिश्राम हरिजनहरु आत्तिदै बनकट्टि पुगे, नभन्दै उक्त शब अरु कसैको नभई आफ्नै छोराको भएको उनीहरुले कपडाबाट चिने । परिवारका सदस्यहरुको होस, हवास उड्यो । यसरी सत्यको जित हुने भनिने दशैंमा एक अवोध बालकको ईहलिला समाप्त भयो, हरिजन परिवारको खुसी सदाका लागि खोसियो ।

काका राम सागर भन्छन्–भतिजाको शब क्षतबिक्षत अवस्थामा हामीले भेटायौं, दुबै आँखा फुटेको जस्तो, रगत बगेको, मुख नजिकैको मासुको चोक्टा चुडिएंको अवस्था थियो ।

अनायसै अवोध बालकको हत्या के, कसरी, कसबाट भयो ? भन्ने कुराको आँकलन हरिजन परिवार समेतले गर्न सकेको छैन । पीडितहरु भन्छन्– उसको हत्यानैं गर्नुपर्ने कुनै कारण छैन, कि त्यो नयाँ मोवाईल चोर्न खोज्नेहरुले हत्या गरेका हुनुपर्दछ, कि घरायसी रिसईबि साँध्न कसैले उनको हत्या भएको हुनु पर्दछ ।

शब भेटिए पछि प्रहरीले मुचुल्का उठाई पोष्टमार्टम गरि घर परिवारलाई बुझाएको थियो । परिवारले बुझेर उनको एकादशिका दिन कार्तिक ११ गते अत्यष्ठि गरिसकेका छन् ।

घटनाका बिषयमा अनुसन्धान भईरहेको उल्लेख गर्दै बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले उनका समकक्षि बालबालिकाहरुलाई सोधपुछ गर्ने काम गर्नुका साथै केही व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताएका छन् ।

गम्भिर प्रकृतिको घटना भएका कारण प्रहरीले संबेदनशिलताका साथ अनुसन्धान गरिरहेको उनले बताए । घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कार्वाहीको काम गर्दै परिवारका सदस्यहरु सहितको टोलीले आजै बाँके प्रहरी प्रमुख ओम बहादुर रानालाई भेटेर पीडितलाई न्याय प्रदान गर्न अनुरोध गरेका छन् ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech