मुम्बई आईपीएलको अन्तिम चारमा

असल शासन प्रतिनिधि

१३ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराउदै मुम्बै ईण्डीयनले १६ अंक सहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अबुधाबीमा भएको खेलमा टस हारेर पहिले बेटिङ्ग गर्दै बैंगलोरले मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो जवाफि बेटिङ्गमा उत्रिएको मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो जसमा देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाएका थिए भने जोश फिलिपले ३३ रन, विराट कोहली ९ रन, एबिडिभिलियर्सले १५ रन जोड्न सफल भए । बैलोरका तर्फबाट गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहेका थिए । १६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए पछि आएका सूर्यकुमार यादवको नटआउट ७९ रन का कारण मुम्वईले सहजै जित हात पारेको थियो । सुर्य कुमार यादब म्यान अफ द म्याच भए भएका थिए । । मुम्बईका तर्फबाट इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाएका थिए । बलिङतर्फ मुम्बईका जसप्रित बुम्राहले ३ विकेट लिए थिए भने बैंलोरका मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिएका थिए ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech