सम्पादक शाहलाई कोराना

असल शासन प्रतिनिधि

नेपालगन्ज/असल शासन पोष्ट, असल शासन डटकमका सम्पादक नमस्कार शाहलाई कोरोना देखिएको छ ।
स्वास्थ्यमा रुघोखोकी र ज्वरोको लक्षण देखिएपछि कार्तिक ७ गते गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।
आफुलाई कोरोना भएको जनाउँदै सामाजिक सञ्जालमा फेसबुकमा बासका कार्यकारी निर्देशक समेत रहेका उनले लखेका छन् – उच्च मनोबलका साथ सतर्कता अपनाउँदा, अपनाउँदै अग्रपंक्तिमा रहेर सामाजिक जिम्मेवारी निर्वाह गर्ने क्रममा म पनि कोरोनाबाट अछुतो रहन सकिन । स्वास्थ्यमा हल्का ज्वरो र रुघा, सर्दी देखिएपछि शुक्रबार पिसिआर टेस्ट गराएको थिए, शनिबार परिणाम सकारात्मक आएपछी म होम आईसोलेसनमा छु । म ठिक छु । यस क्रममा मलाई सहयोग गर्नुहुने, सम्झिनुहुने सबैलाई हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरुको अगाध माया र हौसलाले चाँडै पुनः आफ्नो जिम्मेवारीमा सक्रिय
हुनेछु ।
शाह हाल नेपालगञ्जको कोरियनपुर स्थित निवासमा होम आईसोलेसन बसिरहेका छन् । शाहको स्वास्थ्य अवस्था सामान्य छ । असल शासन डटकम सम्पादक शाहको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech