गजल

सुमित स्मित

कहाँ सजीलो छ र भत्केको मान्छेलाई टाल्न
कहाँ सजीलो छ र आँसुले गुनासोलाई पखाल्न

दिनेले त बस् अर्ति दिई रहन्छन् उपदेश दिई रहन्छन्
कहाँ सजीलो छ र पत्थरलाई पानीको लयमा ढाल्न

हिंड्न त दुनियाँ सम्झाउँछु भनेर हिँडेको छु
कहाँ सजीलो छ र यहाँ आफ्नै मनलाई सम्हाल्न

हुन त तिम्रा सबै आदतहरुलाई स्विकारेको छु
कहाँ सजिलो छ र तिम्रा ति जिद्दिहरुलाई अंगाल्न

-बर्दिया, हाल : जापाज

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech