डुडवा अध्यक्ष चौधरी घरदैलोमा

सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी नागरिकहरुको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकाछन् ।

आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कार्तिकसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्न अध्यक्ष चौधरी स्वयम आफै पुग्ने गरेका हुन् ।

चाडपर्वलाई लक्षित गरि गाउँपालिकाका ६ वटै वडामा शुक्रबारदेखि सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष स्वयं आफ्नै घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा जेष्ठ नागरिकहरु खुसी भएकाछन् ।

कोरोना भाइरस महामारीका बेला जेष्ठ नागरिक लगायतका ब्यक्ति भत्ता लिन बैंक जाँदा झन जोखिम हुने निष्कर्षका साथ पालिकाले घरदैलोमै गएर भत्ता बितरण गरिरहेको जनाएको छ ।

सामाजिक सरक्षा भत्ता बितरणको मूख्य लक्ष्यनैं घरदैलोमा सेवा पुर्याउने हो । सोही लक्ष्य बमोजिम गाउँपालिकाले घरदैलोमैं पुगि सामाजिक सुरक्षा भत्ता नगद बितरण गर्ने कार्य शुरु गरेको हो ।

अध्यक्ष चौधरीले वडा नम्बर–२ का जेष्ठ नागरिक बदलु शर्मालाई शुक्रबार उनकै घरमा पुगी भत्ता वापतको रकम हस्तान्तरण गर्दै शर्मा दँग परे । उनले अध्यक्ष चौधरीलाई धन्यवाद ज्ञापन गरे । घरदैलोमैं गएर आफै भत्ता बितरणमा संलग्न भईरहको जनाउँदै गाउँपालिका अध्यक्ष चौधरीले कोरोना संक्रमणको महामारी र चाडपर्वका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्न गाउँपालिकाद्वारा प्रदान गरिएको भत्ताले केही राहत दिने विश्वास व्यक्त गरे ।

अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पुर्ण रुपमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराए ।

गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर–घरमा पुगेर भत्ता वितरण गरिरहेको उनले बताए ।

प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधुवा गरि तीन हजार नौ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरणगरिनेछ ।

७० वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई प्रतिमहिना एक हजार छ सय, जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना चार सयका दरले रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसैगरि अपांगता भएका व्यक्ति (ग) वर्गलाई प्रतिमहिना पाँच सय र (घ) वर्गलाई चार सय प्रतिमहिनाका दरले गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको छ ।

कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरि घरदैलो अभियान अन्र्तगत रकम वितरण गरिरहेको पालिकाले जनाएको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech