पत्रकार त्रिपाठीलाई मातृ शोक

त्रिपाठीकी आमा सावित्री देबी त्रिपाठीको निधन, भोली अन्त्येष्टी गरिने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जका पत्रकार चन्द्रेश्वरराज त्रिपाठीलाई मातृ शोक परेको छ ।

अवधी पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष समेत रहेका पत्रकार त्रिपाठीकी ७७ वर्षिया ममतामयी आमा सावित्री देबी त्रिपाठीको आज दिउसो निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंं ६ निवासी त्रिपाठीको निवासमा शुक्रबार दिउसो १२ः४५ बजे निधन भएको हो ।  स्वर्गिय त्रिपाठी केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । वहाँलाई केही दिन यता सामान्य ज्वरो आएररहेको थियो ।

उनको निधन प्रति दुःख प्रकट गर्दै अवधी पत्रकार संघ नेपालले शोक बक्तव्य जारी गरेको छ । केन्द्रीय अध्यक्ष राकेश मिश्राले जारी गरेको बक्तव्यमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गरेको छ ।

स्वर्गिय त्रिपाठीको भोली शनिबार विहान १० बजे राप्ती नदीको सिधनिया घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।
यस दुःखद घडिमा असल शासन दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त पत्रकार चन्द्रेश्वर त्रिपाठी लगायत परिवार प्रति भावपूर्ण समवेदना प्रकट गर्दछ ।

 

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech