दुई बेबारिसे शवहरुको सदगद

बाँकेमा बेवारिसे शवहरुको व्यवस्थापन कार्य शुरु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भेरी अस्पतालमा रहेका दुई वटा बेबारिसे शवहरुको सदगद गरिएको छ ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको बाके शाखाले १ महिला, १ पुरुषको शव शनिवार नेपालगञ्ज स्थित बुलबुलैया समसाघाटमा ससम्मान सदगद गरेको हो ।

जानकारी अनुसार, नेपालगञ्ज स्थित निल सागर बृद्धाश्रममा आश्रित रही दुई दिन अघि मृत्यु भएकि चन्द्रकला नामले बोलाईने ६० बर्षिषा महिलाको शव र अन्दाजी ७० बर्षिया पहिचान नखुलेका पुरुषको शब १ महिना अघि देखि भेरी अस्पताल नेपालगञ्जको शव गृहमा राखिएको थियो ।

स्थानीय प्रशासन, भेरी अस्पतालको समन्वयमा संस्थाले दुबै बेबारिसे शवहरु बुझि अन्तिम दाहसंस्कारको कार्य गरेको उक्त संस्थाले जनाएको छ ।

लामो समय देखि काठमाण्डौं लगायतका प्रमुख सहरहरुमा बेवारिसे लासहरु व्यवस्थापन गर्दै आएको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको बाँके शाखाले बाँकेमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापन तथा सद्गद् गर्ने कार्य शुरु गरेको छ ।

संस्थाका कन्द्रीय अध्यक्ष बिनय जंग बस्नेतको उपस्थितिमा बाँकेमा सो संस्थाको शाखा बिस्तार भएपछि शाखाले बेवारिसे अवस्थामा रहेको शव व्यवस्थापन कार्य शुरु गरेको बाँके संयोेजक पुजा बिश्वकर्माले बताईन् । उनका अनुसार, केही दिन अघि मात्रै पहिचान नखुलेका अन्दाजि ५५ बर्षिय पुरुषको अन्तिम दाहसंस्कार संस्थाले बाँके र बर्दियाको सिमानामा रहेको मानखोलामा गरेको थियो ।

केन्द्रीय अध्यक्ष बिनयजँग बस्नेतको उपस्थितीमा जिल्ला संयोजक पुजा बिश्वकर्मा, कार्यकारी निर्देशक भुपेन्द्र बस्नेत, पुनम गुरुंग, सहसचिव समुना पोख्रेल र सहकारीकर्मी अम्विका काफ्ले लगायतले मृतक दुई जनाको अन्तिम दाहसंस्कार गरेका थिए ।

कोहि पनि बेवारिसे बन्न नपरोस् भन्ने ध्येयका साथ काम गरिरहेको उक्त संस्थाको कामबाट धेरै व्यक्तिहरु प्रभावित भएका छन् । संस्थाको उक्त मानविय कार्यको प्रशंसा हुँदै आएको छ ।

अव देखि बाँकेमा लामो समय शव गृह लगायतका स्थानमा बेबारिसे शवहरु व्यवस्थित हुनुका साथै शवहरुको अन्तिम दाहसंस्कार सुव्यव्यस्थित ढँगले हुने अपेक्षा यहाँका सामाजिक कार्यकर्ताहरुले गरेका छन् ।

सबै तस्विरहरु : जनक थापा/असल शासन

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech