सार्वजनिक यातायातले भाडादर नटाँसे कारबाही

असल शासन प्रतिनिधि

काठमाडौं –सार्वजनिक सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी पैसा यात्रुसँग असुल्न थालेपछि अनिर्वाय रुपमा सवारी साधनमा भाडादर टाँस्नु पर्ने भएको छ । भाडादर नटाँस्ने  सार्वजनिक सवारी साधनलाई कारबाहीको दायरामा ल्याउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सार्वजनिक रुपमा देखिने गरी भाडादर नटाँसे कारबाही गर्ने भन्दै शुक्रबरदेखि अभियानका रुपमा भाडादर टाँस्न लगाइएकाे छ ।

शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाइ छ । तोकिएको भाडा भन्दा बढी पैसा सार्वजनिक सवारी साधनले असुलेको यात्रुको गुनासो आएपछि यस्तो कदम चालिएको महाशाखाले जनाएको छ । यात्रुलाई कुनै पनि समस्या परे वा यात्राको क्रममा कुनै जानकारी लिनु परे ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न महाशाखाले आह्वान समेत गरेको छ ।

  • १५ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech