कोरोना संक्रमणका बिच परिक्षाको अन्तिम तयारी

परिक्षा समय डेढ घण्टा पूर्णाङक ४०

असल शासन प्रतिनिधि

 

काठमाण्डौं । राष्टिय परिक्षा बोर्डले यस बर्षको कक्षा १२ को परिक्षाको अंकभार घटाएको छ । यहि मंसिर ९ गते देखि परिक्षाको मिति तय गरिसकेको बोर्डले परिक्षा पुरानै तरिकाले हुने भएपनि परिक्षा समय र प्रश्नको भार कम हुने जनाएको छ ।
बोर्डले जारी गरेको नयाँ तालिका अनुसार परिक्षा बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घण्टा मात्रै सञ्चालन हुनेछ । बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिने बताएको छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ भने २० प्रतिशत आन्तरिक मूल्यांकन हुने कार्यविधिमा उल्लेख गरेको छ । समय र भार कम हुने भएपनि सबै कोर्ष समेटेर प्रश्न सोधिने भएकाले सबै कितावको अध्ययन गर्नुपर्ने जनाएको छ । मुख्य विषयका मोडेल प्रश्न तयार गरी केही दिनमा नै बोर्डको वेबसाइटमा राख्ने तयारी परिक्षा बोर्डले गरेको छ ।
कोरोना भाईरसका कारण अध्ययन गरिरहेको जिल्ला भन्दा बाहिर रहेका परिक्षार्थीको हकमा सोही जिल्लाको नजिकको केन्द्रमा गई परिक्षा दिन सक्ने बताईएको छ । तर काठमाण्डौ उपत्यकाको हकमा भने सम्बन्धीत बिद्यालयबाट नै परिक्षा लिनुपर्ने ब्यवस्था गरिएको छ । परिक्षा हलमा प्रबेशका लागि प्रवेश पत्र अनिवार्य गरिएको छ । कक्षा १२ को फारम भरेका सबै बिद्यालयलाई केन्द्र तोकिएको छ । जस अन्तरगत देशभर ४ हजार १ सय ५ परीक्षा केन्द्र मा ४ लाख ३३ हजार ६ सय परीक्षार्थी ले परिक्षा दिने भएका छन् ।

कोरोना संक्रमित भई आईसोलेसनमा बसेको बिद्यार्थीको हकमा भने कोरोना निको भएपछि परीक्षा लिने व्यवस्था बोर्डले मिलाइएको छ । त्यसका लागि कोरोना पोजेटिभ रिपोर्ट बिद्यालयमा पेश गर्नुपर्ने छ र रिपोर्ट पेश भएको १५ दिन पछि परिक्षा लिने ब्यवस्था गरिएको बोर्डले जनाएको छ । कोरोना महामारिलाई ध्यानमा राखि परीक्षा हलमा विद्यार्थीलाई कम्तीमा दुई मिटर दूरी कायम गरि एक कक्षामा २० जना भन्दा बढी राख्न नपाईने भएको छ। परीक्षा केन्द्रमा मास्क लगायत स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्नुपर्ने ब्यवस्था गरिएको छ ।

 

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech