आईपीएल रोमाञ्चक मोडमा

प्लेअफमा पुग्न गर या मरको स्थिती, आज दुई खेल हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । ईण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु रोमान्चक बन्दै गएका छन् । दर्शक बिनाको रंगशालामा भईरहेको आईपिएलले विश्वलाई नै निकै रोमान्चक बनाईदिएको छ । आईपीएलका खेलहरु प्लेअफका लागि खेल्दै गर्दा आज हुने दुई खेललाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र किङ्ग्स एलाभेन पञ्जाब भेड्दै छन् भने दोश्रो खेल राति पौने ८ बजे कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स को बिचमा हुदै छ । आजका खेलहरु किङ्ग्स एलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स ले प्लेअफमा आफूलाई जिवित राख्न खेल्नेछन् भने यस अघि नै बाहिरीसकेको चेन्नई सुपर किङ्ग्सले प्लेअफमा जाने टिमलाई धक्का लगाउन मैदानमा उत्रीने छ । पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेको दिल्ली र बेंलोरको शनिवार हार भएपछि प्लेअफका लागि बाकि टिमहरुको सम्भावित ढोका खुलेको छ । मुम्बई ईण्डियन भने यस अघि नै प्लेअफ प्रवेश गरिसकेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech