बर्दियामा बाघ आतँक

दुई महिनाको अन्तरालमा ६ जनाको ज्यान गयो

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बर्दियामा बाघले आतँक मच्चाईरहेको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा रहेको बाघले समुदायमा प्रबेश गरि एक पछि अर्काे गरि आक्रमण गर्दा बाघ आतँक मच्चिएको हो ।

बाघको आक्रमणमा परी बर्दियाका ६ जनाले दुई महिनाको अन्तरालमा ज्यान गुमाएका छन् । शनिबार मात्रै गेरुवा गाउँपालिका वडा नम्बर–४ राजिपुर निवासी ६१ वर्षिय लाहनु थारुको बाघ आक्रमणमा परि ज्यान गएको छ ।

केही समय अघि मात्रै मधुवन नगरपालिका वडा नम्बर–३ मा बाघको आक्रमणमा परि एक जना बालक सहित ५ जनाको मृत्यु भएको थियो ।
शनिवार बेलुकी पख बाघले शुरुमा मृतक लाहुनको गोरुलाई आक्रमण गरिसके पश्चात आक्रमण गरेको स्थानीयले बताएका छन् । बाघको आक्रमणमा परि उनको घटनास्थल मै मृत्यु भएको थियो ।

घटना भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जले उक्त बाघको खोजी भईरहेको जनाएको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech