बिरामीसँग धरौटी नलिन निर्देशन

सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नु पूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेका थिए ।

असल शासन प्रतिनिधि

काठमाडौं–कोरोनाका बिरामीसँग धरौटी नलिएर उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै सरकारी अस्पताललाई उक्त निर्देशन दिएका हुन् ।

सरकारले कोरोना संक्रमितको स:शुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नु पूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेका थिए । धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार सक्नेसँग शुल्क लिने र नसक्नेसँग नि:शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech