कोरोनाबाट महिला जनप्रतिनिधि परियारको निधन

असल शासन प्रतिनिधि

बाँके/कोरोनाका कारण नेपालगन्जकी एक जनप्रतिनिधिकोे मृत्यु भएको छ ।

कोरोनाका कारण नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २ की महिला सदस्य शान्ति देबि परियारको सोमवार मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर २ घरवारी टोल निवासी ६७ बर्षिया परियारको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
कोभिड १९ का फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, कोरोनाको आशंकामा कार्तिक ३ गते पिसिआर परीक्षण गर्दा उनमा कोरना संक्रमण रहेको पुष्टि भएको थियो । श्वास, प्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ४ गते साँझ भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

श्रेष्ठका अनुसार, उनको अवस्था अनुसार उपचार हुँदा, हुँदै सोमावर बिहान उनको निधन भएको हो । उनको दाहसंस्कारको तयारी भईरहेको बताईएको छ । उनको निधन प्रति जनप्रतिनिधि लगायतले दुःख प्रकट गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले सामाजिक सञ्जाल फेसबुका उनी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेकि छन् –कोभिड वार्डको आइसियुमा दशैको दिन दिदिसंगको त्यो भेट मेरो लागि अन्तिम हुन गयो । भेटमा सामान्य रुपमा दिदीसंग करिब आधा घण्टा गफगाफ गरेको थिए तर आज उहाँ हाम्रो बिच रहनु भएन भन्ने खबरले अत्यन्त दुःखित बनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का वडा सदस्य आदरणीय दिदि शान्ति देवी परियारको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

उनको निधनसँगै कोरोनाका कारण बाँकेमा मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech