बास ७४ जिल्ला पुग्यो

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बागेश्वरी असल शासन क्लब (बास) ७४ जिल्ला पुगेको छ ।
यस अघि देशका ७३ जिल्लामा शाखा बिस्तार गरी काम गरिरहेको बासको लुम्बीनि प्रदेश अन्तगत सुस्ता पश्चिम नवलपरासिमा आज शाखा विस्तार भएसँगै बास ७४ जिल्लामा शाखा विस्तार गर्न सफल भएको हो । पश्चिम नवलपराशिमा कार्तिक १७ गते बसेको युवाहरुको भेलाले उषा सिह केसीको अध्यक्षतामा नौ सदस्सीय जिल्ला शाखा गठन गरेको छ । नब गठित शाखाको उपाध्यक्षमा उषा गुरुङ्ग, सचिबमा ज्ञान प्रकाश यादब, सह–सचिबमा तिर्थराज शर्मा ढुंगाना र कोषाध्यक्षमा बसन्ती क्षेत्रीलाई चयन गरेको छ । यसैगरी शाखाको सदस्यहरुमा क्रमशः अजय पटेल, राज कुमार गुप्ता, भागिरथी पाल र साधना शर्मा ढुंगानालाई चयन गरेको छ ।
बासका पूर्ब केन्द्रीय सदस्य तथा बास रुपन्देहीका निर्देशक बिजया खत्रीको उपस्थितीमा शाखा गठन भएको थियो । कार्यक्रममा बोल्दै निर्देशक खत्रीले भ्रष्टाचार बिरुद्धको अभियानलाई देश ब्यापी रुपमा अगाडी बढाईरहेको बासको अभियानलाई नब गठित शाखा पदाधिकारीहरुले जिल्लामा सशक्त रुपमा अगाडी बढाउने विश्वास ब्यत्त गरिन् । भ्रष्टाचार बिरुद्ध युवा परिचालन गरि जिल्लामा सुशासन कायम गर्न उनको शाखा पदाधीकारीहरुलाई अनुरोध थियो । जिल्ला स्थित सुशासन चाहने युवाहरुलाई एकजुट गरि सुशासनको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने नब निर्वाचित अध्यक्ष उषा सिंह केसीले प्रतिबद्धता गरेकी छिन् ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech