कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी घाईते

रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य पनि घाईते

असल शासन प्रतिनिधि

नेपालगञ्ज/सडक दुर्घटनामा परि कोहोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी घाईते भएका छन् ।

वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडा पाल्पामा आज भएको कार दुर्घटनामा परि अधिकारी लगायत र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य घाईते भएका हुन् ।

रोल्पाबाट पोखरातर्फ गईरहेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना हुँदा अधिकारी र आचार्यको घाईते भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव प्रचारप्रसारमा हिँडेका अधिकारी र आचार्य घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको बताईएको छ ।

गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेको थियो ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech