जनप्रतिनिधिको निधनमा शोक सभा

एक दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोरोना सक्रमणका कारण सोमबार निधन भएकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य शान्ति देवी परियारको निधनप्रति नेपालगन्ज उपमहानगरपालिकाले दुःख ब्यक्त गर्दै श्रद्धाञ्जली सभा गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका परिसरमा आज आयोजना गरिएको श्रद्धाञ्जली सभा पश्चात नेपालगन्ज उपमहानगरपालिका र मातहतका सबै वडाहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । श्रद्धाञ्जली सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले उपमहानगरपालिकाले एक कर्मठ र शालिन ब्यक्ति गुमाएको बताए। उनले वडा सदस्य परियारको निधनले सिंगो उपमहानगरपालिका शोकमा डुबेको बताएका थिए । सो क्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले सक्रिय जनप्रतिनिधि परियारको निधन पछि वडा कार्यालयले एक असल अभिभावक गुमाएको प्रतिकृया दिएका थिए। उपमहानगरपालिकामा नगर प्रमुख डा. धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, प्रतिनिधिसभा सदस्य सर्वतआरा खानम, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीले स्वर्गीय परियारको तस्बीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech