बाँके प्रशासनको स्वरुप फेरियो

असल शासन प्रतिनिधि

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय जिल्ला कै सुरक्षा प्रदान गर्ने हेट क्वाटर हो । म सामाजिक क्षेत्रमा काम गर्ने भएका कारण दिनहु जसो मेरो जिल्ला प्रशासन कार्यालयमा आवत जावत भईनै रहन्छ । पछिल्ला केही दिन यता म विभिन्न कारणले जिल्ला प्रशासन कार्यालय जाने गरेको थिए । जिल्लाकै महत्वपूर्ण प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालय भित्रको सुधारका बारेमा मैले देखेको कुरा लेख्न मनै देखि जागर चलेर आयो र यहाँ लेखेको छु । मैले सानै देखि सुन्दै आएको थिए कुनै पनि सुधारको कुरा ब्यक्तिको ईच्छा शक्तिमा भर पर्दछ हो त्यही कुरा जिल्ला प्रशासनमा लागु भएको देख्दा त्यो सत्य हो भन्ने मशसुस भएको छ । केही महिना पहिले जिल्ला प्रशासन कार्यालय भित्र कच्ची बाटो थियो भने पार्किङ्गमा समेत समस्या थियो । त्यो देख्दा मेरो मनमा जिल्ला प्रशासन भित्र किन यस्तो अब्यवस्थित होला भनेर खट्कीईरहन्थ्यो कतिपय बेला मैले त्यो कुरा अभिब्यक्त पनि गरे तर त्यति बेला त्यसको सुनुवाई कहि कतैबाट भएन । अहिले जिल्ला प्रशासन कार्यालय भित्र निकै सुधार भएको देख्दा मनमा निकै खुसी लागेर आयो । जिल्ला प्रशासनको मुल गेट भित्र प्रबेश गरेसँगै चारैतिर बाटो पुरै पिच भएको छ भने प्रशासन भित्रको खाली ठाँउलाई समेत पिच गरी पार्किङ्गको राम्रो ब्यवस्थापन गरिएको छ । प्रशासन भित्र ठाँउ ठाँउमा चिम राखि उज्यालो बनाउने काम गरिएको छ । प्रशासनको सबै भन्दा बढी सेवाग्राहीहरुको भिड लाग्ने फाटहरुको बाहिर सेवाग्राहीहरुलाई बस्ने ब्यवस्थापन गर्न थालिएको रहेछ । सेवाग्राहीहरुको सहयोगका लागि नागरिक सहायता कक्ष (हेल्पडेस्क) सञ्चालनमा आएको छ भने कार्यालयको चारैतिर निकै राम्रो बगैचा निर्माण भईरहेको छ जसले प्रशासनको शौदर्य थपेको छ । अर्को महत्वपूर्ण सुधारको रुपमा जिल्ला प्रशासनको मुल गेटमा ठुलो स्क्रिनमा कोरोनाको अद्यावधिक बिवरण नियमति रुपमा आम नागरिकहरुका लागि डिस्प्ले भईरहेको मैले देखे । यति धेरै सुधार देख्दा जिल्ला प्रशासन भित्रको सुधार र सूचना प्रवाहमा जिल्ला प्रशासन देशकै उत्कृष्ट हुन्छ भन्ने कुराको भान भयो भने मनमा गर्व समेत मशसुष भयो । केही महिना मै यति धेरै सम्भब कसरी भयो भन्ने कुराको बारेमा जान्न खोजे मलाई थाहाँ भयो यि कामहरु प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गको पहलमा भएको हो भन्ने थाहा पाए । पछिल्ला केही दिन यता प्रमुख जिल्ला अधिकारीले गरेका राम्रा कामहरुको बारेमा सुन्दै आएको थिए अहिले आफैले हेर्दा साच्चिकै दिल खोलेर प्रमुख जिल्ला अधिकारी लगायत प्रशासनका कर्मचारीहरुको प्रशंसा गर्न मन लाग्यो र गरेको छु । मैले प्रमुख जिल्ला अधिकारीलाई त्यती नजिकबाट त चिन्दैन तर सबै सरकारी कार्यालयहरुमा उहाँ जस्तै प्रमुख हुने हो भने सुधार गर्न समय लाग्ने रहेनछ । यस्तो सकारात्मक परिवर्तनको सबैले अनुसरण गर्ने की ?
एक सेवाग्राही, नेपालगन्ज–१०

 

 

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech