आईपीएलमा मुम्वई र हैदरावाद भिड्दै

हैदरावादलाई जित्नै पर्ने दवाव

असल शासन प्रतिनिधि

नेपालगन्ज । विश्वभरी नै चर्चीत लिगको रुपमा परिचित आईपीएलको क्वालिफायर मा जाने तिन टिमको टुंगो लागेको छ ।
हिजो राती अबुधाबीको शेख जायद रंगशालामा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेपछि दिल्लीले आफ्नो क्वालिफायर यात्रा तय गरेको छ। यस अघि नै मुम्बई ईण्डीयन क्वालिफायर प्रबेश गरिसकेको थियो भने दिल्ली सँग पराजित भएपनि रोयल च्यालेन्जर्स बैंगलौर क्वालिफायरका लागि छनौट भएको छ ।

गत राति पहिले ब्याटिङ्ग गर्दै बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको थियो ।
प्लेअफमा आफ्नो स्थान पक्का गर्न मंगलबार हैदरावादले शीर्षस्थानमा रहेको मुम्बई ईण्डीयनसँग खेल्दैछ । आजको खेल सनराईजेजका लागि निकै महत्वपूर्ण रहेको छ । मुम्बईले हैदरावादलाई हराएको खण्डमा कोलकता प्लेअफमा पुग्नेछ जुन कुरा सनराईजेजले पक्कै पनि ध्यानमा राखि जितका साथ मैदानमा उत्रीने छ । उता हाल सम्म कै उत्कृष्ट प्रर्दशन गर्दै आएको मुम्बई इण्डीयन विना दवाव मैदानमा उत्रीने भएकाले आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
चेन्नाई सुपर किंग्स, किंग्स इलाभेन पञ्जाब र राजस्थान रोयल्स भने प्लेअफ बाट बाहिरीई सकेका छन् ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech