२२ ग्राम ब्राउनसुगर सहित चार पक्राउ

अफिम सहित एक अर्का पक्राउ

असल शासन प्रतिनिधि

बाँके/बाँके प्रहरीले २२ ग्राम ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ । सोमवार दिउसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १३ किसान ईट्टाभट्टा नजिक लागु औषध ब्राउनसुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारत र नेपालका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, भारत रुपैडिया सांकेतनगर वस्ने २८ बर्षिय राकेश कुमार सोनी, १९ बर्षिय जुगेन्द्रर सोनी, बाँके खजुरा गा.पा. वडा नम्वर ३ बि गाउँ निवासी १९ बर्षिय बिष्णु थापा क्षेत्री, नेपालगञ्ज उपमहानगरपालिक वडा नम्वर २ घरबारी टोल निवासी २५ बर्षिय सागर थापालाई ब्राउन सुगर सहित पक्रउा गरेको हो ।

प्रहरी उक्त स्थलमा पुगि तलासी लिँदा राकेश कुमार सोनीले पाईन्टको दाहिने खल्तीमा २० पुडियामा राखेको २० ग्राम, विष्णु थापा क्षेत्रीले लगाएको वाँया जुत्ता भित्र दुई वटा प्लाष्टिक पुडिया बनाई राखेको ब्राउनसुगर जस्तो देखिने धुलो प्लाष्टिक हटाई तौल गर्दा २ ग्राम फेला पारी बरामद गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार ५ वर्ष देखी १० वर्ष सम्म कैद र ५ लाख देखी ५ हजार देखी २५ हजार सम्म जरिवानाको व्यवस्था छ । उनीहरुले सोही ऐन बमोजिम मुद्धा चलाईने प्रहरीको भनाई रहेको छ ।

यसैगरी बाँके प्रहरीले तीन किलो अफिम सहित एक जनालाई पक्राउ गरेको छ । कार्तिक १५ गते बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ कुशुम नाका हुँदै नेपालगञ्ज आउँदै गरेका जिल्ला रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं. ८ निवासी २७ बर्षिय चन्द्र प्रकाश वलीलाई शिवखोला नजिकबाट अफिम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech