रेडपाण्डाको छाला सहित चार पक्राउ

असल शासन प्रतिनिधि

बाँके/कोहलपुरको बसपार्क स्थिल न्यू राप्ती होटलबाट रेडपाण्डाको छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीलले मंगलवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका वडानम्वर ५ निवासी  गणेश नेपाली, लाल बहादुर नेपाली, जिल्ला दैलेख चामुण्डा बिन्न्द्रासैनी नगरपालिका वडा नम्वर ५ निवासी दिनेश कार्की र उमेश बहादुर थापा रहेका छन् ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था बमोजिम उनीहरुलाई कार्वाही गरिने प्रहरीले जनाएको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech