मानव तस्करविरुद्ध गठित इण्डो नेपाल सञ्जाल संयोजकमा मुस्ताक

असल शासन प्रतिनिधि

नेपालगन्ज– खुला सीमानाकाबाट हुने मानव तस्करी रोक्ने उद्देश्यले इण्डो नेपाल सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मुस्ताक अलि राई चयन भएका छन् । ग्रामीण समाज उत्थान केन्द्रका अध्यक्षसमेत रहेका राईको अध्यक्षतामा गठित सञ्जालमा नेपाल र भारतका १७ वटा संस्थाको सहभागिता रहेको छ ।

खुला सीमानाकाबाट राम्रो जागिर लगाइने दिने भन्दै भइरहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण लागि सञ्जाल गठन गरिएको संयोजक राईले बताए । सञ्जाल गठनपश्चात् सीमानाकाबाट विभिन्न प्रलोभनमा हुने मानव तस्करी रोकिने संयोजक राईले विश्वास लिएको बताए ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech