टायरबाट गमला, लकडाउनमैं एक लाख बढी आम्दानी

सल्यानीबागमा पाईन्छन् टायरका गमला

लोक बहादुर घर्ती/ जनक थापा

नेपालगञ्ज/कोरोनाका कारण बिभिन्न पेशा र व्यवसायमा लागेका व्यक्तिहरु फुर्सदिलो भईरहँदा नेपालगन्जका सुर्य गरुङ्ग बैकल्पिक व्यवसायमा व्यस्त छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ४ सल्यानी बंगालाका ५५ बर्षिय सुर्य गुरुङ्ग गाडीका पुराना टायरबाट गमला बनाउन व्यस्त छन्, उनलाई कोरोना कहर, लकडाउनले कुनै असर गरेको छैन ।

सामाजिक सञ्जालमा टायरबाट निर्मित गमलाहरुको तस्वीर देखेर प्रेरित भएका उनले फालिएका टायरबाट मनग्गे पैंशा कमाईरहेका छन् । बिना लगानी कबाडमा पाइने समाग्रीबाट गमला बनेको देखेर आफु शुरुमा आकर्षित भएको उनी बताउँछन् ।

कोरोना भाइरसका कारण लामो समय बन्दा बन्दी भईरहेका बेला उनले शुरुमा टायरको गमला आफ्नो घरका लागि मात्रै बनाएका थिए । सोही तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि उक्त गमलाको माग भएपछि बल्ल उनले अरुका लागि बनाउन थालेका हुन् ।

१०० बढि टायरबाट बनाईएका नयाँ प्रकारका गमला बनाई उनले बिक्रि गरिसकेका छन् । फालिएका टायर, फालिएका प्लाष्टिकका बोत्तल, फलामको रड, बालुवा र सिमेन्ट प्रयोग गरेर उनले आकर्षक गमला बनाउने गरेका छन् ।

गमलाको आयु कम्ती ५० वर्ष सम्म रहने उनको भनाई रहेको छ । उनी लकडाउनकै समय अवधिमा १ लाख ५० हजार बढि रकम आम्दानी गरिसकेको बताउँछन् ।

आफुले बनाएका गमलाको माग बमोजिम उपलब्ध गराउन नसकेको बताउँछन् । उनको यो नयाँ खालको व्यवसाय फस्टाउँदै गएपछि कर्मचारीहरु बढाएर व्यवसायलाई अघि बढाउने सोचमा उनी छन् ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech