कुरुवा बस्दै पुजा

जनक थापा

नेपालगञ्ज/ समाजमा कता कता मानवता हराईरहेको बेला, छोरीहरु अन्तिम दाहसंस्कारमा सहभागि हुनुहुन्न भन्ने मान्यता अझै कायम रहिरहेका बेला बाँकेकी चेली पुजा बिश्वकर्मा बेबारिसे अवस्थामा रहेका लाशहरुको व्यवस्थापन गर्दै अन्तिम दाहसंस्कार गर्ने महान कार्यमा होमिएकि छिन् ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको बाके शाखाको नेतृत्व लिंदै पुजा उक्त कार्यमा होमिएकि हुन् ।

उनको नेतृत्वमा गत शनिवार भेरी अस्पतालमा रहेका दुई वटा बेवारिसे शवहरुको सदगद गरिएको थियो भने केही दिन अघि अर्काे एक व्यक्तिको शव सदगद गरिएको थियो ।

उक्त संस्थाले शवहरु व्यवस्थापन र सदगदको काम मात्र नगरि सडकमा बेबारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धारका साथै उपचारमा सहयोग समेत गर्दछ ।

उनै पुजाको नेतृत्वमा सोमवार नेपालगञ्जको फुलटेक्रा रोडबाट घाईते अवस्थामा रहेका एक युवकलाई उद्धार गरि उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ ।

टेक बहादुर श्रेष्ठ नाम बताउने अन्दाजी २५ बर्षिय युवकको खुट्टामा चोट रहेको पुजाले बताईन् । आफ्नो घर, परिवार बताउन नसक्ने उनको मानसिक अवस्था पनि असामान्य रहेको उनको भनाई रहेको छ ।

अस्पतालले उनको निःशुल्क उपचार गरिरहेको छ भने बिरामीको कुरुवाको रुपमा सम्पूर्ण रेखदेखको जिम्मेवारी स्वयं संयोजक पुजा बिश्वकर्माले लिई खटिरहेकि छिन् ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech