नेपालगन्ज ११ मा हेल्पडेस्क सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उज्वल सिंह राठौरले हेल्पडेस्क को उद्घाटन गरेसँगै वडामा नागरिक सहायता कक्ष सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष राठौरले वडामा आउने सेवाग्राहीका समस्या हेल्पडेस्क मार्फत समाधान हुने विश्वास ब्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै वडा सचिब सबिता तिवारीले वडा कार्यालयको सेवा प्रवाहलाई ब्यवस्थित र थप चुस्त दुरुस्त बनाउन हेल्पडेस्क आवश्यक रहेको बताईन् । उनले हेल्पडेस्कलाई ब्यवस्थित गर्न वडाले थप प्रयास गर्ने प्रतिबद्धता गरिन् । बासका केन्द्रीय उपाध्यक्ष लुना बुढाथोकीले स्वागत गरेको कार्यक्रमको उद्धेश्य तथा बासले हेल्पडेस्क मार्फत गर्ने प्रक्रियाको बारेमा बासका निमित्त कार्यकारी निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।
बासका हेल्पडेस्क संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष उज्वल सिह राठौर, वडा सदस्य मुवारक अली सिद्धिकी, माया कनौजीया, वडा सचिब सबिता तिवारी, बासका अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, उपाध्यक्ष लुना बुढाथोकी, महासचिब शिव कुमार बर्मा, जनसम्पर्क अधिकृत मिना बिष्ट, लेखा अधिकृत अनिल थापा मगर, सिएफए लोक बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ को सहयोग तथा बासको ब्यवस्थापनमा हेल्पडेस्क सञ्चालन गरिएको छ ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech