‘बिस्तारै बिस्तारै’ सँगै आईन् प्राश्ना

असल शासन प्रतिनिधि

काठमाडौं/कर्णप्रिय स्वरकी धनी गायिका प्राश्ना शाक्यले आफ्नो नयाँ गीत ‘बिस्तारै बिस्तारै‘’ सार्वजनिक गरेकि छन् ।

मंगलबार स्टार काडेट्स यूट्युब च्यानलमार्फत लोकप्रिय गायिका शाक्यले सो गित सार्वजनिक गरेकि हुन् ।

रेडियोकर्मी समेत रहेकि उनले आठ महिनाअघि आफ्नो ‘लाहुरे‘’ गीत सार्वजनिक गरेकी थिइन् ।

सार्वजनिक भएको ‘बिस्तारै बिस्तारै‘’ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जितेको गायिका शाक्यले बताईन् ।

आशिष अविरलद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु एक नारायण भण्डारीले रचना गरेका हुन् । गीतमा संगीतकार अविरलकै संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ, जसलाई युवराज वाइवाले निर्देशन गरेका थिए । भिडियोमा उषा उप्रेती तथा आनन्द सिंह दनुवारले अभिनय गरेका छन् । स्वस्तिका श्रेष्ठको मेकअप रहेको भिडियोमा लोमस पौडेल सहायक निर्देशकको रुपमा आवद्ध छन् ।

निसल पौडेलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ ।गायिका शाक्यले यो गीत तथा भिडियो तयार पार्नमा यश स्टडीको ठूलो सहयोग रहेको बताएकी छिन् ।

 

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech