कविता : कि संविधान लागू गर, होईन भने फेर !

ब्युझना पुन देवकोटा

शान्ति अनि सुरक्षाको प्रत्याभुती भैन
कति बेला के हुने हो, कसैलाइ थाहा छैन
छोरीलाई आफ्नै बाबाको हुन थाल्यो डर
भन सरकार हामी अब कसको गर्ने भर ?

६ बर्षिया बालिका त्यो बलात्कृत हुदाँ
अझै कम्जोर बनाइदिन्छ्न न्याय माग्दै रुँदा
धेरै भन्दा धेरै आउँछन अत्याचारी केस
किन हुन्नँ न्याय यहाँ कहाँ पुग्यो देश ?

आँखा भरी आँसु झर्यो हेर त्यो नारीको
हुनूपर्छ अन्तिम संस्कार अत्याचारीको
आफ्नै देश भित्र अब कहिले सम्म डर्ने
कुकुर सरह दिनदाहाडै नारी अझै मर्ने

आज एउटा भोलि एउटा मरेकी छन् नारी
कति दिन बचाइराख्छौ यस्ता अत्याचारी
मिल्नुपर्यो जनतालाई देशमा सुरक्षा शान्ति
निर्दोष मारी दिनदिनै गर्छौ कति क्रान्ति ?

संविधानमा लेख्या कुरा कुन्नि कहाँ गए
लाख रुपैयाँ धरौटीमा कसुरमुक्त हुने भए
कति हुन्छ सहनशीलता नारी भित्र हेर
सक्छौ संबिधान लागू गर होइन भने फेर !

– (कवि ब्युझना अन्तर पार्टि महिला सञ्जाल रुकुम (पश्चिम)को अध्यक्ष हुनुुहुन्छ ।)

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech