जिर्ण नगर भवन भत्काईने

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उप–महानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवन भत्काई अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहिवार बसेको कार्यपालिका बैठकले  सपिङ कम्पलेक्स निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गर्ने योजना रहेको छ ।

यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा चिल्डे«न पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेनपार्कसहित ब्यवस्थित पार्किङस्थल समेत बनाइने भएको छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech