दश किलो अफिम सहित पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/१० किलो अफिम सहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बिहीबार १० किलो अफिम सहित बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट जाजरकोटका तिलकबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार अफिमको मोलमोलाई भईरहेको सूचनाका आधारमा जाजरकोटका शाहीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जानकारी अनुसार, शाही लागुऔषध कारोवारी रहेको बताईन्छ । केही दिनअघि मात्रै बाँके प्रहरीले बाँकेको कुसुमबाट तीन किलो अफिम सहित एकजनालाई पक्राउ गरेको थियो ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech