अफिम सहित मालहरु पक्राउ

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/ शुक्रबार १२ किलो अबैध अफिम सहित दुई जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडी स्थित धिरेन्द्र शाहको घरमा बसिरहेका जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ८ का मालबहादुर सिंह र सोही ठाउँका कालीबहादुर सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरि कार्यालय रुकुम पश्चिममका सूचना अधिकारी प्रहरी निरीक्षक हरि बहादुर ओलिका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली,लागु औषध ब्यूरो सुर्खेतको टोली र रुकुम पश्चिमबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १२ किलो अफिम सहित उनिहरु दुबै जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई लागू औषध नियन्त्रण ऎन २०३३ अनुसार कारबाही चलाईने प्रहरीले जनाएको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech