रेडक्रसलाई आशिर्वादको सहयोग

६२ हजार ८ सय ९३ रुपैयाँ बरावरको फर्निचर सहयोग

असल शासन प्रतिनिधि

      नेपालगञ्ज/नेपालगञ्ज स्थित आशिर्वाद पेन्ट्स प्रा. लि. ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जलाई फर्निचर सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत आशिर्वादले शुक्रवार केन्द्रलाई सो सामाग्री सहयोग गरेको हो । प्रदेश नम्वर ५ की प्रदेश सदस्य कृष्णा के.सि. ‘नमुना’ को प्रमुख आतिथ्यतामा फर्निचरहरु हस्तान्तरण गरिएको थियो ।

आशिर्वादले ३ वटा सिट भएको ५ थान स्टिलको कुर्सी, १ थान स्टिलको अफिस टेबल र २ वटा अफिस कुर्सी सहयोग गरेको छ । ६२ हजार ८ सय ९३ रुपैयाँको लागतमा रक्त सञ्चार केन्द्रलाई आवश्यक फर्निचर सहयोग गरेको कम्पनिका कार्यकारी अध्यक्ष किरण कार्कीले बताए ।
रक्तसञ्चार केन्द्रमैं आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी प्रदेश नम्वर ५ की प्रदेश सदस्य कृष्णा के.सि. ‘नमुना’ र कम्पनिका कार्यकारी अध्यक्ष किरण कार्कीले नेपाल रेडक्रस सोसाईटी बाँकेका कोषाध्यक्ष राकेश बहादुर श्रीबास्तब र रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई फर्निचरहरु हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सदस्य के.सि.ले आशिर्वादको सहयोग प्रति आभार व्यक्त गरिन् । उनले व्यवसाय गरेर अर्थापार्जन गर्ने धरै व्यवसायिक कम्पनिहरुले सामाजिक उत्तरदायित्व बहन नगरिरहेका बेला आशिर्वादले गरेको सहयोगबाट अरुहरुलाई उत्प्रेरणा प्रदान हुने बताईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका बरिष्ठ सर्जन डाक्टर श्यामसुन्दर यादव, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देबकोटा, नेकपाका नेता बिजय गुप्ता, नेपाली काँग्रेशका नगर अध्यक्ष प्रशान्त बिष्ट लगायतको उपस्थिती रहेको थियो ।

हरेक व्यवसायिक कम्पनि, फर्महरुले अनिवार्य रुपमा व्यवसायिक सामाजिक जिम्मेवारी (CSR) बहन गर्नुपर्ने हुन्छ, औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ४८ अन्र्तगत हरेक व्यवसायिक कम्पनिहरुले सामाजिक कार्यमा आम्दानीको १ प्रतिशत रकम खर्च गर्नु पर्ने व्यवस्था छ तर व्यवहारमा एकाध कम्पनिहरु बाहेकले सो कार्य गर्दैनन् ।

आशिर्वादले भने नियमित रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न सामाजिक तथा परोपकारी कार्यमा सहयोग गर्दै आएको छ । केही समय अगाडी मात्र नेपालगञ्ज फुड बैंकलाई खाद्यान्न सामाग्री सहयोग गरेको थियो ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech