कोरोनाबाट राप्तीसोनारीका एक पुरुषको मृत्यु

असल शासन प्रतिनिधि

बाँके/कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण बाँके राप्तीसोनारी गाउँपालिका वडानम्वर ८ शम्शेरगञ्जका ४८ बर्षिय पुरुषको मृत्यु भएको हो ।
उनकोे उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कोभिड १९ का फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बिरामी श्वास प्रश्वासमा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए ।
कोरोनाको आशंकामा उनको कार्तिक २ गते पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणबाट उनमा कोरना संक्रमण रहेको पुष्टि कार्तिक ३ गते भएको थियो ।

श्रेष्ठका अनुसार, उनको अवस्था अनुसार उपचार हुँदा, हुँदै स्वास्थ्यमा सुधार नआएपछि शुक्रवार साँझ ५.२० बजे निधन भएको थियो ।
उनसँगै कोरोनाका कारण बाँकेमा मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech