भृकुटिनगरमा कुकुर आतंक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाभित्र बौलाहा कुकुरको आतंक बढ्दै गएको छ । सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले सर्वसाधरणलाई टोक्ने गरेको पाइएको छ ।

शुक्रराजमात्रै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटिनगरका ५ जना बौलाह कुकुरको टोकाइबाट घाइते भएका छन् ।

बाटोमा जथाभाबी रुपमा हिडिरहेको बौलाह कुकुरको टोकाइबाट घाइकुकुरको टोकाइबाट भृकुटिनगरका गुरु प्रसाद अधिकारी लगायत ५ जना घाइते भइका हुन् । ५ जनाले रेबिजविरुद्धको भ्याक्सिन लगाएर घरमै आराम गरिहेका छन् ।


घरको बाहिर, बाटोको छेउमा बसीरहेका र बाटोमा हिडिरहेका ब्यक्तिहरुलाई बौलाह कुकुरले जथाभाबी टोक्दै हिडेको स्थानीयको भनाइ छ । बाटोमा हिडिरहेको अवस्थामा एक्कासी कताबाट कुकुर आएर टोकेर भागेको कुकुरको टोकाइबाट घाइते भएका गुरु प्रसाद अधिकारी बताउँछन् ।

कुकुरको टोकाइबाट अधिकारीको खुट्टामा घाउ बनेको छ । घाउको कारण हिडडुल गर्न काम गर्न असहज भएकोले घरमै आरामगरिरहेको अघिकारीको भनाइ छ । अधिकारीसंगै कुकुरको टोकाइबाट पिडित अरु ४ जनाहरु पनि अहिले उपचार गराइ रहेका छन् । जथाभाबी रुपमा टोकेर हिड्दै गरेको कुकुरलाई भने पछि स्थानीयहरुले लखेटेर मारेका छन् ।

मान्छेलाई मात्रै होइन बौलाह कुकुरले बाटोमा रहेका कुकुरहरुलाई समेत टोकेर हैरान गरेको स्थानीयहरु दर्गा गुरुङ्ग बताउँछन् ।उपमहानगरपालिकाभित्र रहेका भुस्याहा कुुकरको व्यवस्थापन कार्य नहुँदा नगर क्षेत्रमा बौलाहा कुकुरको आतंकले सर्वसाधारणलाई हैरानी भएको छ ।

 

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech