पटका बिरुद्ध बाँके प्रहरी सक्रिय

असल शासन प्रतिनिधि

बाँके/नजिकिदै गरेको दिपावली (तिहार) मा मनोरञ्जनको नाममा पट्काईने पटका बिरुद्ध बाँके प्रहरी सक्रिय भएको छ ।

भारतबाट अवैध रुपमा पटका तथा पटका जन्य पदार्थ नेपालमा भित्राउने कार्यलाई निरुत्साहित गर्न प्रहरी सक्रिय भएको हो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बाँके प्रहरीले सिमा नाकामा चेकजाँचको व्यवस्था गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडानम्वर १५ जमुनाह गाउँमा वेवारिसे अवस्थामा रहेका ९ पेटी पटका बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

 

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech