कोहलपुरमा ‘राजा आउ, देश बचाउ’

राजसंस्थाका पक्षमा प्रदर्शन

असल शासन प्रतिनिधि

नेपालगन्ज/राजावादीहरुले बाँकेको कोहलपुरमा राजसंस्थाका पक्षमा प्रदर्शन गरेका छन् ।

स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहको आह्वानमा राजसंस्थाका पक्षमा शनिवार प्रदर्शन भएको हो ।

गणतन्त्रको विरोध गर्दै प्रदर्शनकारीहरुले कोहलपुरका सडकमा राज सस्था पुर्नबहालीको माग गरेका छन् ।

हजार बढिको संख्यामा निकालिएको र्यालीमा उत्रिएका राजावादीहरुले गणतन्त्र, संघियता र धर्म निरेपक्षता बिरुद्धमा चर्काे नारावाजी गरेका थिए । उनीहरुले राजा आउ देश बचाउ भन्दै सडक जाम गरि प्रदर्शन गरेका थिए ।

कोहलपुर चौराहादेखि पिपल चौतारासम्म मोटरसाईकल र्याली सहित प्रदर्शन गरिएको कार्यक्रमको अन्तमा युवा नेता बिजय काफ्ले, शाही युवा शक्तिका केन्द्रिय सदस्य अर्जुनजंग शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले राजसँस्था पुर्नवहाली भएमा मात्र देशमा शान्ति, अमन, चयन हुने बताएका थिए ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech