बाँके बैजनाथमा २० शैयाको कोभिड अस्पताल

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको एक स्थानीय तहले गरीब परिवारका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
बाँके बैजनाथ गाँउपालिकाकाले गाँउपालिकामा रहेका गरिब परिवारलाई लक्षित गरि सो अस्पताल सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बिच बैजनाथ गाँउपालिका अध्यक्ष मान बहादुर रुचालले २० सैयाको अस्पतालको उद्घाटन गरेका छन् । आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुले सो अस्पतालबाट सेवा लिन सक्ने गाँउपालिकाले जनाएको छ । गाँउपालिका भित्रका गरिब तथा विपन्न परिवारहरुलाई उपचार गर्न सहजहुने गाँउपालिका अध्यक्ष रुचालको भनाई थियो । अस्पताल उद्घाटन कार्यक्रममा बोल्खै गाँउपालिकाका उपाध्यक्ष शारदा रेग्मीले गाँउपालिकाको लगानीमा स्थापीत अस्पतालबाट वास्तवीक गरिव लाभाम्वित हुने बताईन् ।
कार्यक्रममा अस्पतालको बारेमा जानकारी दिदै बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले हाल २० शैया मध्य ५ शैया अक्सिजन सहित र अन्य १५ शैया सामान्य कोभिड १९ लक्षण देखिएका पोजेटीभ विरामीहरुको उपचार मा प्रयोग गरिने बताए। सो अस्पतालमा २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगि रहने रहने गाँउपालिकाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले गरेको थिए । कोभिड अस्पताल बैजनाथ गाँउपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक भवनमा सञ्चालन गरिएको हो ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech