बाँकेको जमुनाहा सीमामा बिचौलिया सक्रिय

जमुनाहा सीमाबाट औषधि उपचार र रोजगारीका लागि सहजै भारत प्रवेश गर्न पाइने भए पनि आम सर्वसाधारण नागरिकमा औषधि उपचारका लागि मात्र भारत जान पाइन्छ भन्ने भ्रमका कारण त्यहाँ भारत प्रवेश गराइदिने भन्दै बिचलौलियाहरु सक्रिय भइरहेका छन् । उनीहरुले प्रतिव्यक्ति ५ सय रुपैयाँदेखि माथिसम्म लिएर मानव ओसार पसार गरिहेका छन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज– नेपाल–भारत सीमा जमुनाहा नाकामा मानव ओसार पसार गर्ने बिचौलिया सक्रिय भएका छन् । कोभिड–१९ का कारण सहजै सीमानाका पार गर्न नागरिकलाई अहसज भएपछि भारत प्रवेश गराइदिने भन्दै सीमामा बिचौलियाहरुको सक्रियता बढेको हो ।
जमुनाहा सीमाबाट औषधि उपचार र रोजगारीका लागि सहजै भारत प्रवेश गर्न पाइने भए पनि आम सर्वसाधारण नागरिकमा औषधि उपचारका लागि मात्र भारत जान पाइन्छ भन्ने भ्रमका कारण त्यहाँ भारत प्रवेश गराइदिने भन्दै बिचलौलियाहरु सक्रिय भइरहेका छन् । उनीहरुले प्रतिव्यक्ति ५ सय रुपैयाँदेखि माथिसम्म लिएर मानव ओसार पसार गरिहेका छन् ।
सोमबार मात्रै रोजगारीका लागि भारत प्रवेश गर्न थालेका तीन जना सर्वसाधारणसँग ५ सय रुपैयाँका दरले रकम असुलेको पाइएको छ । रकम असुलेको सूचनाको आधारमा प्रहरीले एक बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech