दुल्लू नगरपालिकाले प्रकाशन गरेको सूचनाले अन्यौलता

नयाँ सूचना जारी गरिसकेको नगरपालिकाद्धारा जानकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज डेस्क । कर्णाली प्रदेश अन्तरगत दैलेखको एक स्थानीय तहले प्रकाशित गरेको सूचनाले आम नागरिकहरुमा अन्यौलता सिर्जना गरेको छ ।
दैलेख दुल्लू नगरपालिकाले कार्तिक २३ गते अत्यन्त जरुरी सूचना शिर्षकमा कार्यालयको विविध कामको शिलशिलामा विभिन्न शाखाका कर्मचारीहरु व्यस्त रहने भएकाले १ हप्ता सम्मका लागि कार्यालयको अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द रहने जानकारीको सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले प्रकाशन गरेको सूचनामा कारण स्पष्ट नभएपछि मनपरि रुपमा कार्यालय बन्द गरेको भन्दै त्यसको विरोध भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीहरु के कति कारणले व्यस्त भए र कार्यालयको अत्यावश्यक बाहेकको सम्पूर्ण सेवा यति लामो समय सम्म बन्द गर्नु पर्ने अवस्थाको सिर्जना कसरी भयो सो बारेमा नगरबासिहरुलाई स्पष्ट जानकारी हुनुपर्ने नगरबासिहरुको माग छ ।
नगरपालिकाले प्रकाशन गरेको सूचनामा त्रुटी भएको नगरपालिकाले स्विकार गरेको छ । नगरपालिकाले सूचना जारी गरेको पत्र सामाजिक सञ्जाल मार्फत वाहिर आएपछि नगरपालिकाले सूचनालाई सच्याएको जनाएको छ । दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले आम नागरिकहरुमा भएको अन्यौतालाई हटाउन नगरपालिकाले नयाँ सूचना जारी गरेको असल शासन डटकमसँगको टेलिफोन कुराकानीमा बताएका छन् । नगरपालिकाले सच्याएर प्रकाशन गरेको सूचना उपलब्ध गराउन भन्दा प्राविधिक कारणले पठाउन नसकेको नगरपालिकाले जवाफ दिएको छ ।
यथेष्ट कारण विना कार्यालयको सेवा प्रवाह बन्द गर्न पाईदैन त्यसैले दुल्लू नगरपालिकाले कार्यालयको एक हप्ता सम्म सेवा बन्द गर्नुको यथेष्ट कारण सहित नगरबासिहरुलाई सूचना दिनु जरुरी छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech